iparkaतुलसीपुर,२३ असोज।  ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट डिएसपी कृष्ण प्रसाईको सरुवा भएसंगै नयाँ डिएसपी लोकनाथ तिमिल्सेना तुलसीपुर आउनुभएको छ ।

यस अघि केन्द्रीय प्रहरी विषेश कार्यदल काठमान्डौंमा कार्यरत उहाँ गएराती नै तुलसीपुर आईपुग्नु भएको हो । उहाँ ईप्रका तुलसीपुरमा चौथो डिएसपीका रुपमा काज सम्हाल्न आउनुभएको हो ।

यस अघि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा तुलबहादुर कार्की पहिलो डिएसीका रुपमा तुलसीपुर आउनुभएको थियो भने त्यस पछि चक्रराज जोसी र कृष्ण प्रसाँई डिएसपीको रुपमा आउनुभएको थियो ।

डिएसपी प्रसाँई सरुवा भएको महिना दिन विति सक्दापनि उहाँको ठाउँमा आउने डिएसपीको टुङ्गो नलाग्दा उहाँ यहीँ थन्किएर बस्नु परेको थियो ।

यसैबिच दशैको समयमा तुलसीपुर आएका डिएसपी तिमिलसेनाले चाडपर्बमा हुने अपराधिक क्रियाकलापलाई रोक्न आफुले हरकदम प्रयास थालेको बताउनुभएको छ । उहाँले दशैतिहारमा हुन सक्ने अपराधिक क्रियाकलाप रोक्न आफु लागि परेको उहाँले बताउनुभयो ।