haitiकाठमाडौं २२ असोज । हाइटीमा म्याथ्थू आँधीका कारण मर्नेको संख्या करिब आठ सय पुगेको छ । हइटीको नागरिक सुरक्षा एजेन्सीले मृतकको संख्या बढेको जनाएको हो । मंगलबार हइटीको दक्षिण पश्चिम क्षेत्र आँधी हुरीको चपेटामा परेको थियो । उक्त क्षेत्रको जेरभी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ र, हजारौं मानिस घरबारबिहीन भएका छन् ।

दक्षिणी सुबे सददमा तीसहजार घर तहसनहस भएको छ । म्याथ्थू आँधीका कारण हैटीमा राष्ट्रपति चुनाव स्थगित गरिएको छ । तुफानका कारण प्रभावित सहरमा समपर्क टूटेको छ । समुद्र वा हेलिकप्टरको मदतमा मात्र उक्त क्षेत्रमा पुग्न सम्भव भएको बीबीसीले जनाएको छ । राहतकर्मी विकटस्थानहरुमा राहत सामग्री लिएर पुग्दा सम्म मृतको संख्या बढ्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले म्याथ्थू आँधीले पुर्‍याएको क्षतिको पूर्ण विवरण आउन अझै केही दिन लाग्ने जनाएको छ । हइटीबाट आँधी अमेरिकाको फ्लोरिडाको डेटोना समुद्री किनारा तर्फ १३ माइल प्रति घण्टाको रफ्तारमा अघि बढिरहेको अमेरिकी राष्ट्रीय केन्द्रले जनाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामले म्याथुले फ्लोरिडालाई खास क्षति नपुर्‍याएको भएपति खतरा नटरेको बताए ।

अमेरिकाको चार राज्यका दशौं लाम मानिसलाई आफ्ना घरबाट निस्एिर सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । पाँच लाख भन्दा धेरै घरमा बिजुली काटिएको छ । यसअघि नै फ्लोरिडा, जर्जिया तथा दक्षिण क्यारोलाइनमा आपतकाल लागू गरिएको छ ।