काठमाडौं,२२ असोज । यसपालीको दशैनामा राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन सर्वसाधारणलार्इ टीका लगाइदिने भएकी छन् । टीका प्रदान गर्न असोज २५ गते शीतल निवासको द्वार नं १ खुला रहने छ ।

bidhyadevi-1राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक विशिष्ट महानुभावलाई अपराह्न १ बजेदेखि अपराह्न २ बजेसम्म र अन्य इच्छुक महानुभावका लागि अपराह्न २ बजेदेखि अपराह्न ५ बजेसम्मका ढोका खुला रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।