नेपालीहरुको महान् पर्वहरुमा यात्रुहरुलाई पर्ने समस्यालाई मध्यनजर गर्दै विभिन्न स्थानमा नागरिक सहायता कक्षा सञ्चालन गरिएको छ । यात्रुहरुले यात्राका क्रममा कुनै समस्या भोग्न नपरोस् र समस्या भएमा समाधानकालागी सम्पर्क गर्न अनुरोध गर्दै सहायता कक्ष स्थापना गरिएको हो ।
विजयादशमी, दिपावली र छठ पर्वको शुभकामनासँगै यात्रा गर्दा यात्रुहरुमा पर्ने असुविधाहरु लुटपाट, दोहोरो टिकट, सामान हराउने समस्या र गाडीस्टापहरुको व्यवहारमा समस्या परेमा सम्पर्क गर्नकालागी अनुरोध सहित सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंहले जानकारी दिनुभयो । घोराहीको तुल्सीपुर चोक, ट्राफिक चोक र बसपार्कमा लगायत जिल्लाका विभिन्न स्थानहरुमा नागरिक सहायता कक्ष सञ्चालन गरिएको सिंहले बताउनुभयो । यदि यात्रुहरुले समस्या भएमा प्रहरीको कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी कार्यालयको ०८२–५६०१९९, जिल्ला ट्राफिक प्रहरी कार्यालयको ०८२–५६००४१, ९८५८०५३८८० मा फोन गरेर जानकारी दिन जिल्ला ट्राफिक प्रहरी प्रमुख सिंहले अनुरोध गनुर््भएको छ ।
यसैबीच चाडपर्वको समयमा सवारी दुर्घटना हुन सक्ने भएकाले चालकहरुलाई सचेत बनाउनकालागी आज सवारी चालकहरुकालागी सचेतनामूलक पर्चा वितरण गरिएको छ । चालककालागी अपाङ व्यक्ती जिवी चिन्तनले रचना गर्नुभएको कवितात्मक शैलीमा लेखीएको पर्चा वितरण गरिएको थियो । जिल्ला विकास समिति दाङको सहयोगमा जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ, सामुदायीक प्रहरी सेवा केन्द्र दाङ र समावेशी अपांगता सञ्चाल दाङले तयार पारेको पप्लेट वितरण गरिएको थियो । साथै बसपार्कमा पुगेर नेपाल प्रहरी, ट्राफिक प्रहरी एवं सामुदायीक प्रहरीले यात्रुहरुको समस्याको बारेमा अनुगमन गरिएको थियो ।
