जनक नेपाली
असोज २१,। दाङ –कुनै सयम यस्तो थियो रामपुरका नमबहादुर वि.क. र आइति वि.क. कसैको दैलोमा माग्न पुगे त्यहाँबाट लखेटिन्थे । गाउँमा नमबहादुर र आइतिलाई देख्नासाथ माग्ने आयो भन्दै भाग्दै हिड्ने केटा केटी देखि बृद्धसम्म शुक्रवार उनको दैलोमा जम्मा भएका थिए । सुरुवाल भोटीमा चिटिक्दै देखिएका नमबहादुर र रातो स्वीटरमा सजीएकी आईती विक तिर सबैको ध्यान केन्दित थियो । बेहुला र बेहुली झै सजिएका बृद्ध दम्पति निकै हर्षित मुद्रामा देखिन्थे ।

ghar

विभिन्न देश विदेशमा बसेका नेपालीहरुको सहयोगबाट निर्मित भवन दशैको अबसरमा बृद्ध दम्पतिलाई हस्तान्तरण गर्दा उपस्थित भएका अतिथी देखि सारा गाउँलेहरु नै खुशीले फुरुङग थिए । दैनिक हातमुख जोर्न समेत धौ धौ परेका बृद्ध दम्पतिको बारेमा नयाँ युगबोध दैनिकमा जनक नेपाली, नयाँ पत्रिका दैनिकमा भूपेन्द्र वली, लगाएत विभिन्न अनलाईनमा समाचार लेखेपछि सहयोग रकम उठ्न सुरु गरेको थियो । बृद्ध दम्पतिको घर निमार्ण अभियान सुरुभएपछि विभिन्न व्यक्ति र संस्था मार्फत घर निर्माणका लागि ६ लाख ६ हजार ३ सय ६१ रुपैयाँ संकलन भएको थियो । दुई कोठे पक्की घर सहित शौचालय र बाथरुम निर्माण गर्दा ५ लाख ७४ हजार ९ सय २५ रुपैयाँ खर्च भएको निर्माण समितिले जनाएको छ ।
गरिब र अभाबको चपेटामा परेको यो परिवार सामाजिक रुपमा समेत तिरस्कृत बन्दै आएका थिए । । २२ बर्षदेखि देखि खोलाको डिलमा बस्दै आएको यो दम्पति पछिल्लो समय खान समेत नपाएर भोक भोकै बस्नु पर्ने अबस्था थियो । ८३ बर्षीय नमबहादुर विक र ८० बर्षीय आइती विक नयाँ दशै संग नयाँ खुशी साट्न पाउदा निकै हर्सित भएका नमबहादुरले वताउँनुभयो । ‘सम्पतिको नाममा एउटा गाई मात्र थियो अहिले मैले यतिधेरै मान्छे कमाए घर पाए म त्यसै खुशी छु उहाँले भन्नुभयो ।’ उमेरले डाँडा काटेका नमबहादुर विक र श्रीमती आइती विकको घर निर्माण संगै उनिहरु निकै खुशी भएका छन् । निकै कष्टकर जीवन भोग्दै आएका बृद्ध दम्पतिलाई घर निर्माण संगै हस्तान्तरण गरिएको छ ।

14599927_1282197421821646_580450436_oघर हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बेसहारा बृद्ध दम्पत्तीका लागि घर बनाईदिएर उदाहरणी कार्य भएको र राज्यलाई समेत दवाव परेको बताउनुभयो । देश चलाउने राजनितिक दल, प्रशासन चलाउने सरकारी निकायलाई समेत यो सामाजिक अभियानले सबैलाई नैतिक दबाब दिएको भन्दै घरको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । समाजमै सहयोगी मनहरु छन भन्ने सन्देश दिन सकिएको भन्दै प्रजिअ काफ्लले घर निर्माणमा सहयोग गर्ने सबैलाई धन्याबाद व्यक्त गर्नुभयो । साथै प्रमुख जिल्ला अधिकारी काफ्लेले बृद्ध दम्पत्तीका लागि एक बोरा चामल समेत प्रदान गर्नुभयो ।

त्यस अबसरमा नेपाली कांग्रेस दाङका पूर्व सचिब कमलकिशोर घिमिरे, एमालेका पूर्ब अध्यक्ष नरुलाल चौधरी, नेकपा माओबादी केन्द्रका पोलिटव्यूरो सदस्य नारायणि शर्मा, नेकपा माओबादीका सेक्रेटरी सितल, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडे, घर निर्माण समितिका सदस्य नारायण थापा, जनक नेपाली, देवबहादुर बिक लगाएतकाले बृद्ध दम्पत्तीलाई सुरक्षित आबास बनाईदिएर मानबिय सेवा गरेको प्रति खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु, पत्रकार, स्थानियहरुको उपस्थिती भवन निर्माण समितिका संयोजक प्रकाश शाहीको अध्यक्षतामा भएको कार्यक्रमको सहभागी सम्पुर्णलाई निर्माण समितिका सदस्य नारायण भुषालले स्वागत गर्नुभएको थियो । भने सहजिकरण घर निर्माण समितिका सदस्य एवं पत्रकार निमुसंगम घर्तीले गर्नुभएको थियो ।

अमेरिकाबाट बृद्ध दम्मपतीलाई ८८ हजार रुपैयाँ प्राप्त
अमेरीकाबाट समाज सेवी एवं कलाकार सिता गुरुङको पहलमा आएको जम्मा भएको ८८ हजार ७सय ५१ रुपैयाँ बृद्ध दम्पतिका लागि सहयोग रकम प्राप्त भएको छ । अमेरिकाका बस्दै आएका जेके जगत, पेमा आङबावु सेर्पा, राजीव गुरुङ, घनमाया गुरुङ, लिला गुरुङ, मिना गरुङ, दिल गरुङ,खिममाया तामाङ, दिल तामाङ, सोनार सिङ कार्की, तिल गुरुङ, पुष्पा खनाल सानुवावु खनाल र हिमालय क्याफे ले उक्त उक्त रकम सहयोग गर्नु भएको थियो । प्राप्त रकम मध्य नगत पाँच हजार र लत्ता कपडा प्रगतिशिल पत्रकार संघका केन्द्रिय महासचिव उदय जिएमले बृद्ध दम्पतिलाई हस्तान्तर गर्नुभएको थियो । बाकी रकम बृद्ध दम्पतिको घोराही स्थित ग्लोबल आई .एम.ई को खातामा जम्मा भएको बताएको छ ।

युकेबाट दशैंमा नयाँ कपडा
यस्तै दाङ रामपुर घर भइ हाल युकेमा बस्दै आएका शुभाष पाण्डेयले बृद्ध दम्पतिका लागि रु ५००० /- बराबरको कपडा उपलव्ध गराएकाछन । पाण्डेयले इन्द्रेणी अनलाइनमा प्रकाशित समाचार पढेर दशैंका लागि कपडा किन्न इन्द्रेणी अनलाइनका सम्पादक केशरमान बिसीको नाममा रकम पठाएका थिए । उक्त रकम बराबरको समान यी बृद्ध दम्पत्तीको समाचार लेख्ने र घर निर्माण मा महत्वपूर्ण भूमिका खेलेका पत्रकार तथा सामाजिक अभियन्ता जनक नेपाली र इन्द्रेणी अनलाइनका प्रधान सम्पादक केशरमान बिसीले हस्तान्तरण गरेका थिए ।

14614445_1209915519071785_1635258892_o