trafic-tulsipurदिपक बोहरा /तुलसीपुर  २१ असोज ।  चाडपर्बको समयमा सडकमा अत्याधिक सवारी साधन चल्ने हुदा साबधान भएर  सवारी चलाउन ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले आग्रह गरेको छ ।  चाडपर्बको समयमा सडकमा अत्याधिक सवारी साधान चल्ने हुदा दुर्घटना हुन सक्ने भन्दै साबधानी पुर्बक सवारी चलाउन आग्रह गरेको छ ।

चाडपर्बको समयमा हुन सक्ने सम्भाबित दुर्घटनालाई कम गर्न आफुहरु सक्रिय रुपमा लागेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख राम प्रशाद पोख्रेलले जानकारी दिनुभयो । बिगतका दिनहरु भन्दा चाडपर्बमा किनेमेल गर्ने तथा आवत जावत गर्नेहरुको घुईचो हुने भएकाले ट्राफिक पनि बढि सक्रिय हुने बेला आएको प्रमुख पोख्रेलले बताउनुभयो । चाडबाडको समयमा बिगतका बर्षहरु जस्तो  अप्रिय घटना घटना नदिन आफुहरु सचेत रहेको पोख्रेलको भनाई छ ।

यस्तै पोख्रेलले नियम मिचेर सवारी नचलाउन सबै सवारी चालकहरुलाई आग्रह गर्नुभएको छ । चाडबाडको समयमा गाडिहरुको भिडभाड हुनेभएकाले सडक मिचिने गरि तथा सडक बिचमा पार्किङ नगर्न उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।  साथै पैदल यात्रुहरुले पनि जहाँ पायो त्यहीबाट सडक पार नगरी जेव्रा क्रसिङ तथा सुरक्षित स्थानबाट मात्रै सडक पार गर्न आग्रह गर्नुभएको छ ।