बिपेन उलङगे

क्वालालम्पुर ,२१ असाेज । नेपाली दूतावास मलेसियाले मलेसियाबाट डिपाेर्ट परेका एनअारएन मलेसियाका पुर्ब अध्यक्ष महेन्द्रजंग शाह र रेष्टुरेन्ट ब्यबसायी देबि गुरुङले काठमाडौंमा पत्रकार सम्मेलन गरि लगाएकाे अाराेपकाे खण्डन गरेकाे छ । विभिन्न अनलाइनमा अाएकाे समाचारहरु र उनिहरुले लगाएकाे अाराेप अनर्गल रहेकाे नेपाली दुतावास मलेसिया जारि गरेकाे काे एक बिज्ञप्तिमा उल्लेख छ । मलेसियामा बसेर नेपालीहरुलाई नै विभिन्न कामकाे लागि माेटाे रकम लिई ठग्ने गरेकाे पाएकाेले ,पीडितकाे उजुरीका अाधारमा डिपोर्ट गरि नेपाल फिर्ता पठाइएको जनाएको छ ।

दूतावासले केही समय अगाडी एन आर एनका पूर्व अध्यक्षसमेत रहेका महेन्द्रजंग शाह र रेष्टुरेन्ट ब्यवसायी देवी गुरुङलाई डिपोर्ट गरि नेपाल फिर्ता पठाएको थियो । डिपोर्ट भएका शाह र गुरुङले काठमाडौंको रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि राजदूतलाई भ्रष्टचारको आरोप लगाएका थिए । उनीहरुले नेपाली राजदूत डा. निरञ्जनमानसिंह बस्नेतमाथि आफ्नो र राजदूतावासको विरोधमा बोल्ने नेपालीलाई विभिन्न आरोप लगाएर नेपाल फिर्ता पठाउने गरेको आरोप लागाउदै , राजदूत बस्नेतले गैरकानुनी तवरबाट मलेसियाको कोप्रासी नामक गैरसरकारी संस्थालाई ठेक्का दिई दूतावासकै परिसरमा कार्यालयका लागि निःशुल्क ठाउँ उपलब्ध गराई सो संस्थालाई बुझाएको १२ सय ५० रिंगेटको रसिद दिने तर २१ सय रिंगेटसम्म भुक्तानी लिई नेपाली नागरिकलाई ट्राभल्स डकुमेन्ट दिने निर्णयको विरोध गर्दा आफूहरु यस्तो शिकार बनेको बताउदै आफूहरु समस्यामा परेकोले न्यायका लागि आग्रह गरेका थिए ।

अवैैधानिक नेपालीलाई नेपाल फर्काउने काममा राजदूत स्वयम लागेको र कमिशन लिएको उनीहरुले आरोप लगाएको खबर विभिन्न सञ्चार माध्यममा प्रकाशन/प्रसारण भएपछि, दूतावासले बिहीबार प्रेस विज्ञप्ती निकाली शाहि र गुरुङले लगाएको आरोपको खण्डन गरेको छ । डिपोट भएका ती नेपालीको विरुद्ध दूतावासमा उजुरी परेको र पटक पटक चेतावनी दिँदा समेत खुलेआम ठगी गरेका कारण डिपोर्ट गरि नेपाल फर्काइएको दूतावासले जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्ती अनुसार डिपोर्ट भएका शाहले आफू एन आर एन मलेसियाको अध्यक्ष भएको समयमा आफ्नै सचिव र महासचिवको समेत मोटो रकम लिएर भिसा लगाई दिएको जनाएको छ । शाहले यसरी १ सयाैं बढि नेपाली तथा विदेशी सँग मोटो रकम लिँदै नक्कली भिसा लगाइदिएको कारण उनलाई डिपोर्ट गरिएको जनाएको छ । शाहले ठगी गरेको उजुरी दूतावासमा दर्जन भन्दा बढी रहेको विज्ञप्तीमा उल्लेख छ ।

dutabasत्यसै गरि अबैधानिक नेपाली तथा विभिन्न कारणले कम्पनी छोडेर घर फर्कन चाहने नेपाली कामदारबाट मोटो रकम लिएर नेपाल पठाइदिने भन्दै महिनौँ दिनसम्म अलपत्र पारेको दर्जनौं उजुरि परेपछि रेष्टुरेन्ट ब्यबसायी देवी गुरुङ र उनका पति टेक बहादसर रानालाई डिपोर्ट गरेको दूतावासको विज्ञप्तीमा उल्लेख छ । गुरुङ स्वयम बिना भिसा (अबैधानिक) बसेर अबैधानिक काम गरेको समेत दूतावासले जनाएको छ ।

गुरुङ र रानालाई लाई नेपाल डिपोर्ट गरिसकेपछि उनको रेष्टुरेण्टबाट १४ वटा सक्कली नागरिकता र एउटा सक्कली राहदानी समेत भेटिएको थियो । गुरुङ र रानाले करिब छ बर्ष देखि क्वालालम्पुर कोतारायामा अवस्थित हिमालय रेष्टुरेण्ट सञ्चालन गरेर बसेका थिए । नेपाल डिपोर्ट भइसकेपछि गुरुङले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरि राजदूतलाई भ्रष्टाचारको आरोपसमेत लगाएका थिए । गुरुङको उक्त आरोपप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको र त्यो सबै बिना आधार र झुटो आरोप भएको भन्दै दूतावासले गरेकाे हाे ।