women-death-1

तुलसीपुर , २१ असोज ।  करेन्ट लागेर नेपाली काँग्रेस त्रिपुरकी क्षेत्री प्रतिनिधि सुस्मा सेजवालको मृत्यु भएको छ । कुखुरालाई दाना हाल्ने क्रममा दाङ त्रिपुर ४ बुदौरा बस्ने ३९ बर्षीय सेजवाललाई करेन्ट लाग्दा मृत्यु भएको हो ।

सेजुवालको विहीवार दिउसो १ बजे तिर करेण्ट लागेको हुन सक्ने भएपनि बिहिबार साँझ उहाँ मृत्यु भएको थाहा भएको हो । सेजुवालका छोरा बेलुका ६ बजेतिर विद्यालयवाट घर आए लगतै उनले आफ्नी आमालाई कुखुराको खोरमा मृत्यु भएको अवस्थामा फेला पारेका थिए ।

यसैबिच नेपाली काँग्रेस दाङले आफ्नी नेतृ स्वर्गिय सेजवालको पार्थिव शरिरमा पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गरेको छ । त्रिपुर ४ बुदौरा स्थित सेजवालको निवासमा शुक्रवार विहान भएको श्रद्धाञ्जली सभामा जिल्ला पार्टी सभापति कीर्तिवहादुर खड्का, नेपाली काँग्रेस क्षेत्र नं. ३ बाट निर्वाचित सांसद राजु खनाल , सांसद अनिता देवकोटा, क्षेत्र नं. ३ का सभापति भूपबहादुर डाँगी, त्रिपुर नगर सभापति दिपक पाण्डे लगायतका नेताहरुले संयुक्त रुपमा पार्टीको झन्डा ओडाएर सेजवालप्रति सम्मान व्यक्त गरेका थिए ।