घन्टौं लाइन लागेर पनि बैंकमा नभेटिएको नयाँ नोट काठ्माण्डौको रत्नपार्क फुटपाथमा छ्यापछ्याप्ती छ । बैंकमा नभेटिने नयाँ नोट कसरी फुटपाथ सम्म आइपुग्यो रहस्यमय भएपनि घन्टौं लाइन लागेर नयाँ नोटका लागि कुर्नुभन्दा अलिकति बढि तिरेर फुटपाथमा नै नयाँ नोट साट्न मिल्दा सेवाग्राही केहि राहत महसुस गर्दैछन ।
