anugaman

दिपक बोहरा /  तुलसीपुर २० असोज ।  दाङको फुलबारी, बाघमारे र पुरन्धारा गाबिसमा लगाईएका टमाटरमा डढुवा रोग देखा परेको छ । कृषि सेवा केन्द्र पञ्चकुलेको आयोजनामा कृषि बिकास कार्यालय दाङले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । दाङको फुलवारी ५ वखरीया , बाघमारे ५ शिवसुन्दरपुर, पुरन्धारा ५ धागेछहरामामा लगाईएका टमाटरमा अनुगमण गर्दा यस्तो भेटिएको जिल्ला कृषि बिकास कार्यालयका बालि संरक्षण अधिकृत पिताम्बर बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार पुरन्धारा ५ धागेछहरामा लगाइएको टमाटरमा अत्यधिक डढुवा देखिएको छ ।

फुलवारी ५ वखरीयमा लगाईएको टमाटरमा गवारो किरा तथा केहि विकृतिहरु देखिएको पाईएको छ । भने बाघमार ५ शिवसुन्दरपुरमा लगाईएको टमाटर खेतीमा हल्का डढुवा रोग, वढी मात्रामा व्याक्टेरीयावाट लाग्ने ओइलाउने रोग लागेको पाईएको बस्नेतले जानकारी दिनुभयो । पुरन्धारा ५ धागेछहरामा लगाईएको टमाटरमा गुदी कुहिने व्याक्टेरीयाबाट लाग्ने रोगको प्रकोप तथा केहि बोटहरु ओइलाएर मरेको पाईएको छ ।

रोग देखिएका टमाटरलाई बचाउन बिभिन्न सल्लाह सुझाब पनि दिईएको बालि संरक्षण अधिकृत बस्नेतले जानकारी दिनुभयो । दाङको फुलवारी, बाघमारे र पुरन्धारामा लगाईएका टमाटरमा टुटा एब्सोलुटा (गोलभेंडाको पात खन्ने कीरा) किराको प्रकोप भने नदेखिएको कृषि सेवा केन्द्र पञ्चकुलेका प्रमुख यमकान्त पाण्डेले जानकारी दिनुभयो ।