काठमाण्डौ, २७ बैशाख
एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीको बादल समूहबीच जेठको पहिलो साता पार्टी एकता हुने भएको छ । दुबै पक्ष एकताको अन्तिम तयारीमा जुटेका छन् । आइतबार राति अबेर प्रचण्ड र बादलसहितको टीमबीच वार्ता भएको छ ।
दुबै पक्षवीच सांगठनिक र राजनीतिक विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको एक उच्च नेताले जानकारी दिएका छन् । बादलसँग भएको छलफलका आधारमा एकताबारे निर्णय गर्न एमाओवादीको बैठक आज (सोमवार) पुनः बस्नेछ ।
बैद्य माओवादीका महासचिव बादलले भने मंगलबार केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ । पार्टी अध्यक्ष मोहन बैद्यले पार्टी एकतालाई टार्ने प्रयासमा बैठक नै नबोलाएपछि बादल बहुमतका आधारमा निर्णय गर्ने अघि बढेको वुझिएको छ ।
पार्टीका बहुमत सदस्य एकताको पक्षमा देखिएपछि बैद्यले एक महिनाका लागि केन्द्रीय समितिको बैठक स्थगित गर्नुभएको थियो । तर, महिना दिनको भाका कट्दा पनि बैद्यले बैठक बोलाउनु भएन । अब बादल बहुमतका आधारमा निर्णय गरेर प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने तयारीमा जुटेको स्रोतले वताएको छ ।
अध्यक्ष मोहन बैद्यसहित उपाध्यक्ष सीपी गजुरे