काठमडौ २० असोज । मन्त्रिपरिषदको बैठकले भूकम्प प्रभावितहरुको राहात र संसद सचिवालयका पदाधिकारीको भत्ताका विषयमा
निर्णय गर्ने भएको छ । आज बस्ने बैठकमा यसअघि पुननिर्माण निर्देशक समितिले गरेको निर्णयका आधारमा छलफल हुनेछ । मन्त्रिपरिषदको बैठक बिहान १० बजे सिंहदरबारमा बोलाइएको छ ।
अब संसदका पदाधिकारीको तलब भत्तामा निणृय हुनेछ । सरकारले संसद् सचिवालयको तीव्र दबाबमा संसद्का पदाधिकारीदेखि सांसदहरूको तलब सुविधामा ५० प्रतिशतभन्दा बढीले वृद्धि गर्न लागेको हो ।
मन्त्रिपरिषदको निर्णयसँगै गएको साउन १ देखि नै लागू हुने गरी प्रतिनिधिसभाका सभामुख, प्रतिपक्षी दलका नेता, सत्तापक्ष र विपक्षका प्रमुख सचेतक र सचेतक, समितिका सभापति, राष्ट्रियसभाका अध्यक्ष, सत्तापक्षका नेता, प्रमुख सचेतक, विपक्षी दलका नेता र सचेतक तथा समितिका सभापति र सांसदहरूको तलब सुविधा वृद्धि हुनेछ । यसका साथै बैठकमा नेपाल भारतबीचका यसअघि भएका सहमति, सार्क शिखिर सम्मेलनको बाताबरण तयार गर्ने क्रममा नेपालले गर्ने पहलका विषयमा पनि छलफल हुनेछ ।