सल्यानको सल्लीवजारमा विधुत सेवा अवरुद्ध भएको छ । चाडपर्वको समय विधुत लाईन अवरुद्ध हुदाँ सेवाग्राहि मर्कामा परेका छन् । सल्यानको सल्लीबजार आसपासमा ५ दिनदेखि विद्युत लाईनमा समस्या आएको छ ।

bidhutविद्युत सेवा अवरुद्ध हुदाँ बैंक तथा वित्तिय सेवाका साथै अरु विभिन्न विद्युतीय काममा समस्या परेको छ । सुर्खेतको जहरेमा विधुतीय लाईनमा समस्या भएकोले दैनिक दिन सेवाग्राहिलाई कठिनाई भएको विधुत वितरण केन्द्र सल्ली शाखाले जनाएको छ ।

चाडपर्वको समयमा विधुत सेवामा अनियमितता हुदाँ व्यापारि र सर्वसाधारण नागरिक प्रत्यक्ष मारमा परेका छन् ।