तुलसीपुर नगर जेसिजका वर्ष २०१४ का अध्यक्ष जिवराज शर्माले नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी मंसिर २५ गतेदेखि २८ गते सम्म काठमान्डौंको धापासीमा हुने ४३औं महाधिवेशनका लागि उहाँले राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

jccगत २७ सेप्टेम्वर अर्थात असोज ११ गतेका दिनमा शर्माले उक्त पदमा आफ्नो उम्मेदावरी दर्ता गराउनुभएको हो । राजधानीको थापाथली स्थित नेपाल जेसिजको केन्द्रीय कार्यालयमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो ।