रुकुम २० असोज । रुकुममा जिल्लाकै ठुलो फुटबल प्रतियोगीता रुकुम कप फुटबलको दोस्रो संस्करण आगामी कात्तिकमा हुने भएको छ । आयोजक समृद्ध समाज नेपाल रुकुमले दिएको जानकारी अनुसार प्रतियोगीता कार्तिक ७ गते देखी ११ गतेसम्म रुक्मिणी सहिद स्मृति रङ्गशाला रुकुमकोटमा संचालन हुने छ ।
प्रतियोगीतलाई वार्षिक रुपमा नियमित संचालन गर्ने योजना अनुसार अघिल्लो वर्षबाट सुरु भएको यस प्रतियोगीताको दोस्रो संस्करण हुन लागेको हो । दोस्रो संस्करणलाई पहिलो संस्करणको तुलनामा व्यवस्थित रुपमा संचालन गर्ने गरी प्रतियोगीताको तयारी थालिएको आयोजक समृद्ध समाज नेपालका कार्यावहाक अध्यक्ष राजु लामिछानेले जानकारी दिनुभयो । यो वषए पुरस्का राशि पनि बढाइएर ८० हजार विजेताले पाउने आयोजकको भनाइ छ ।।
