ग्रामीण क्षेत्रबाट पत्रकारिता गरिरहेका छत्र परियारको गएराती क्यान्सर अस्पतालमा भएको निधनप्रति दुःख व्यक्त गर्दै पेशागत संचार संस्थाहरुले शोक विज्ञप्ती प्रकाशित गरेका छन्, नाका आवाज द्धैमासिक पत्रिकाका सह–सम्पादक समेत रहेका परियारको दुखद निधनप्रति नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यसमितिले शोक वक्तव्य जारी गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार) र महासचिव केशरमान विसीले संयुक्त शोक–वक्तव्य जारी गर्दै भनेका छन् । पत्रकारिता क्षेत्रमा लामो समयदेखि अनवरत परियारको अल्प आयूमै भएको निधनले सिंगो पत्रकारिता जगतमा अपूरणीय क्षती भएको वक्तव्यमा उल्लेख छ ।
समाज देश दुनियाँ बदल्ने सपना बोकेर दाङको दुर्गम बस्तीबाट पत्रकारिताको क्षेत्रमा हात हालेका छत्र परियारको निधनले ग्रामीण पत्रकारिताका एक आधार स्तम्भ ढलेको शोक वक्तव्यमा भनिएको छ । परियारकोे निधनले एक असल, मेहनती र पत्रकारिता पेसाप्रति इमान्दार सहयात्रीलाई गुमाएको संघको शोक वक्तव्यमा जारी गरिएको छ ।
साथै शोकको यस घडिमा परिवारजनलाई धैर्यधारण गरी पीडा सहन गर्न सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै छत्रको परियारको सन्ततीको शिक्षा स्वास्थ्यको उचित पहल गरिदिन माग समेत गरिएको छ ।
त्यसै गरि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सुदीप गौतम,प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष डिल्ली मल्ल, प्रेस चौतारी नेपालदाङका अध्यक्ष टीका बस्नेतले छुट्टा छुट्टै वक्तव्य जारि गर्दै दुख ब्यक्त गरेका छन् ।
