गोविन्द खड्का
गत असोज १२ गते मर्निङ वाकमा रहेका घोराही ६ का दिनेश वलीलाई अरु बेला भन्दा भिन्दै अनुभुति भयो । रागा मार्केट हुदै कटहर बुटा, तुलसीपुरचोक दामोदर चोक पार्क कतै पनि कुकुरले रोकनन् । यसरी निर्धक्क संग हिड्न पाएको पहिलो पटक हो । संधै च्यात्न आउछन् कि ? भन्ने त्रास हुन्थ्यो ।

kukurयस अघि मान्छेहरु कुकुरका डरले काउरीएर हिन्थे । दौड्यो भने भाग्यो भन्दै कुकर लखेट्न सक्थ्यो । त्यसैले कुकुर विहिन क्षेत्रमा बेस्गरी दौडिनथे । एउटा कतै भुकेको सुन्यो नै काफर भएर बिस्तारै हिन्थे । त्यस दिन वली पनि आफ्नो मनमर्जी हिडे । अरु वाकरहरु पनि ढुक्क संग हिडेको देखे । ‘गजब भो यार आज त धेरै कुकुर भेटिएन । देखिएकाले पनि चालचुल गरेनन् ।’ घर पुगेर खुशिहुदै भने ।

अघिल्लो बर्ष देखि गौरी संकर  ओभरसिजका यादव सैघाली बजारमा निश्कन छोडेका थिए । उनलाई कुकुर च्यात्न आउलान भन्ने डर थियो । शुरुका दिनमा पार्क सम्म घुम्ने सैघाली मेनरोड सम्म पुग्नै नसक्ने भए । कुकुर नभेटिने बजारको तल्लो भरतपुर क्षेत्रतिर रोजेका थिए । आज भोलि उनि पनि बजारमा वाक गर्छन् । किन भने तिनलाई अबरोध गर्ने कुकुर छैनन् । त्यहा पनि सुरक्षित थिएन । भा“डा जुठा बनाईदियो, राति सुत्न दिएन, हिड्न नपाएर ग्राहक घटे लगाएतका गुणासा लिएर एक होटल व्यवसायी नया“ युगवोध राष्टिय दैनिकको कार्यालयमै पुगेका थिए ।

विहान रेडियोमा समाचार पढ्न जाने निमु संगम घर्ति लगाएतका पत्रकार, नर बहादुर थापा, घन बहादुर रावता लगाएतका वितरक व्यवस्थापक आजभोलि ढुक्क संगकाम गर्न पाएका छन् । तिनलाई उज्यालो नहुदै रोकटोक गर्ने भूस्याह कुकर हराएका छन् । उनिहरुले पटक पटक सताएको खबर सुनाउथे । रेडियो स्वर्गद्धारीका प्राविधि सन्तोष शर्मा दुर्घटना बाट बाल बाल बचेको सुनाउछन् । विहान रेडियो शुरु गर्दा र साझ घर फर्किदा सडक भरी सुतेको भुस्याहा कुकुरले रोकेर बाटै पाउदैन्थे । उनिहरुलाई छल्दै लाग्न खोज्यो भने ग्रुपै आएर झम्टिन्थ्यो ।

केहिदिन अघि बिहानै फोन गरेर पत्रकार प्रदिप पाण्डेयले सोध्नुभयो हाम्रो चोकमा पनि कुकुर मार्ने मान्छे पठाईदिनुस् । उहालाई दिने जवाफ म संग थिएन । कुकुर कसले कता लैजान्छ मलाई थाह हुन्नथ्यो । लेखक एवं बुचिजिवि सर्जन गौतमले भरतपुर तिर जान्छ कि जादैन पठाउनुपयो भन्नु हुथयो । उहाहरु दुबै जनालाई कुकुरले सताएको भने पकका हो । त्यस बाट छुटकारा पाउने उपाए अरु थिएन । मारेपछि त पशु अधिकार बादि रिसाउछन् नि भनेर जवाफ दिए । उनिहरुले त्यो पशु अधिकावादीले लगेर पालोस् । बजारमा छाडा हुन नदिउस् । घाईते, अपांग, रोगि, रिवीज लागेका, सबै समस्या हल गरोस् । होईन भने चुप लागोस् ।

असोज नौ गते रात घोराहीका भुस्याहा कुकुरको लागि अनिष्टको बन्यो । दश गते विहान धेरै कुकुरहरु विउतिन पाएनन् । त्यो क्रम केहिदिन चल्यो राता रात कता गाएव भए धेरै जसो नगरवासीलाई पत्तो भएन । उनिहरु मरे वा मारिएको भन्ने कमैले थाह पाए । मृतक कुकुर खास्सै भेटिएनन् । तर धेरै स्थानका ग्याङ स्वात्तै घटेरका थिए । जसले बजारको आवागमन सहज बनायो ।

थाह पाएका र खानमिल्ने पशु, पंक्षि र चौपाया मारेर, काटेर, रेटेर, अनेक विधिले मासुको रुपमा हसुरीन्छ । बिच्कीएका रा“गा भैसि देखि अनेकौ थरी जंगली जनावर गोलिहानेर पनि मार्नेे चलन छ । त्यसमा विरोध हुन्न । पशु हत्या गरेको पाप लागेको पनि दिखीएको सुनियको छैन । राष्टिय जनावार गाई समेत काटेर खाईन्छ । कुकुर मारे के विग्रयो ? मासु नखाने मार्नुहुन्न भन्ने छ ? मृतक पशु पंक्षिको मासु घिच्नेहरुले कुकुर मारेको विरोध गर्नु जस्तो नाटक अरु केहि होला ? अनावश्यक तनाव बढाउनहरु पशु अधिकार बादि होईनन बहाना बाजी गरेर चुस्ने अपराधि हुन् । तिनको संस्थालाई डलर आउछ । पचाउनलाई नौटंकि देखाउछन् ।

अघिल्लो आर्थिक बर्ष घोराहीका भुस्याहा कुकुरले सिंगै दाङलाई जित्यो । देशको दोश्रो तेश्रो स्थान ओगटेको टप नगरपालिकाले तिघ्रँ कमायो । तत्कालीन प्रमुख जिल्ला अधिकारीले सुरक्ष समितिको बैठक बोलाए । घोराही नगरपालिका, पशुसेवा कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र लगाएतको संयुक्त बैठकले समेत टुंगो लगाउन सकेन । धेरैलाई अनेकौ उपाएले दुख दिने भुस्याहा कुकुर वाट राज्यले राहत दिन सकिन । रातीमा भुकेर, च्यात्न आएर, वाईक तथा साईकल लखटेर, टोकेर मान्छेहरुलाई दुखित बनायो । अह“ त्यस बाट छुट्कारा पाउने उपाए भेटिएन । अधिक नगर वासीको आवाज मार्नुपर्छ भन्ने थियो । नगरपालिका पशु अधिकार बादिले घाटि अठ्याछन् भन्ने जवाफ दिन्थ्यो । अन्य विकल्प दिनुस भन्थ्योे ।

हुन त मार्नुहुन्न भन्ने भावनात्मक आवाज नगरवासिबाट नआएका होईनन् । तिनले पनि सुरक्षित व्यवस्थापनको बाटो दिएनन् । हरेक सार्वजनिक कार्यक्रम तथा पत्रपत्रिकामा आउने आलोचनाको पिर भन्दा कसैले उजुरी दिएपछि दुःख दिन्छन भन्ने नपालाई डर थियो । त्यसमा कर्मचारीको व्यक्तिगत स्वार्थ भन्दा सिंगो नगरको ईज्जत कै ख्याल गरीएको थियो । आफ्ना पशु चौपाय नगरवासिले सम्हाल्न सकेनन् । बनको क्षेउमा बसेर पशु चौपाय पाल्नेहरु ठुलो शहरमा पसे । उनिहरुले गाउ ठाउ त्यागे बानि बोकेर ल्याए । तिनले ट्रिगार्डमा बाख्रा बा“ध्न लाजै मानेनन् । तिनलाई बजारले गिज्याईरहयो । कुकुर विराला र गाई बाख्रा संग रमाउन चाहे ।

बजार गर्न आउने संग पनि कुकुरहरु पछि लाग्छन् । गाउ“ घरमा कुकुरहरु जुठो, कलो र बच्चाको दिसाले गुजारा चलाएका हुन्छन् । दुब्ला देखिन्छन् । बजार पस्दा रमाउनका लागि छ्यापछ्याप्ती बगाल भेटाउछन् ,। खनका लागि थुप्रा फालिएका खानेकुरा पाउछन् । कुकुरका मालिकहरु चेतनाले घर फर्किन्छन् । कुकुरहरु रहर रोमाञ्च, जथाभावि फालिएका खान्कीले भुल्छन् । व्यवारीसे बन्छन् र मनपर्दि घुम्दै गर्छन् । तिनले टोक्ने भुक्ने र सताउने गरेर रुवाउछन् ।

कुकुर मार्ने बाहेकका उपाए खोजी गर्न सुझाव आयो । ति विकल्प के हुन सक्छन् भनेर बहसको विषय बन्यो । केहि कुकुर मार्नै हुन्न भनेर अडान लिए । त्यसो भए के गर्ने त भनेर उनैलाई सोधियो । विकल्प दिनेकाम हाम्रोहोईन त्यो त राज्यले गर्नुपयो भनेर गैह्रजिम्मेवार पुर्ण जवाफ आयो ।  विरोध गर्ने तर यसो गरौ नभन्ने भडुवा प्रबृत्ति भुस्याहा कुकुरमा पनि देखियो । केहि दिन अघि तुलसीपुर नगरपालिकाका कुकुर यसरी नै गाईब भए । घोराहीका वासिन्दाले प्रश्न गर्ने बाटो पाए । हाम्रो क्षेत्रका कुकुर पनि त्यसरीनै हराउनु पर्छ भन्ने माग गरे ।

कसैले सुत्न दिएन भने । उनिहरुले छदमा ढुंगा जम्मा गर्थे राति कुकर भुक्न थालेपछि खसालेर धपाउथे । केहिले गुलेलि सामा गरेका थिए । ताकेर हानेपछि काई काई गर्दैै कुकुर कुद्थेर सुत्न पाईन्थ्यो । यसरी धेरैको रात तनावमा वित्थ्यो । अनिदो हुनेको संख्या अधिक थियो । डुमर गाउ“ बाट घोराही बजार तर्फ आउदै गर्दा रेगबहादुर केसीलाई सेवार खोला नया बसपार्क नजिक भुस्याहा कुकुरले लखेटे । भदौ पा“च गते विहान विपरीत दिसा बाट आएको बसका कारण भाग्न सकेनन । पिछा गरेका कुकुरका कारण दुर्घटनामा परे । स्थानिय मेडिकलमा उनको खुट्टा र हातको उपचार भयो ।

कुकुरकै कारण कतिपय घर आउदैन्थे । रातिमा आउदा कुकुर च्यात्न जाने भएकाले उनिहरु नजिकै बस्न बाद्य हुन्थे । रुकुम रोल्पा बाट झरेका व्यवसायी कुलदिन न्यौपाने धेरै पटक एक आधा घण्टा नजिक बसेको दुख पोख्छन् । उनले कुकुर देखि डराएरै घरको न्यानो ओच्छ्यान एक दिनका लागि छुटाउनु पर्दथ्यो । आज भोलि समस्या नरहेको एक दुईटा भेटिनेले असर नगरेको न्योपानेको भनाई छ । त्यस्तै बजारमा ईलेक्टीक पेशा गर्ने शुरेस लम्साल गोरखा अस्पताल नजिक र मिलन चोक दुई स्थानका कुकुरले छिर्न नदिदा घर जान नपाएको सुनाउछन्  । केहि गुणासाहरु नगरपालिकाका सुचना अधिकारी प्रेम केसिसम्म पु¥याएको छु । नजिकीदै गरेको कुकुर तिहारमा माला पहिरीन केहि कुकुर बचाउने आवाज पनि छ ।

आफन्त मर्दा सदगत सहित श्रद्धाञ्जलीका शब्द चढाउछौ । तिनले लामो समय बा“चेर लाभ दिएका थिए । त्यसैको गुण तिर्नलाई लगानी गरीन्छ । कुकुर मरेपछि सन्तुष्टि दिएका छन् । आगामि दिनमा भोग्नुपर्ने लाभका लागि यो शब्द खर्च गरेको छु । कुकुर रातारात गाईव गर्र्नेेलाई अझ धेरै शुभकामना दिने विचार छ । भुस्या कुकुर पिडितको तर्फ बाट लाख लाख शुभकामना छ । आलेख पढेमा राम्रो काम गरेको भनि गर्ब गर्नुहोला । चालु आव मा घोराही नगरपालिकाले डेढ लाख रुपैया भुस्याहा कुकर व्यवस्थापनगर्न छुट्याएको छ । पशु सेवा कार्यालयले एकलाख खर्च गर्ने भनेको छ । त्यो रकम बाट जति सकिन्छ गाईव गर्नेलाई ईनाम दिनुभएमा नगर बासिको चित्त दुख्दैन होला । यदि वन्ध्याकरण गरेको भए एति खर्चले धान्ने थिएन । तिनको  विक विकी ज्युका तिउ हुनेथियो । नगर बासिको रकम जाने समस्या रहने थियो ।

बरु मलाई औषधि दिए हुन्थ्यो । मार्थे । गाउमा पनि छन् । सबै सक्नुपर्छ । आजभोलि यहि शब्द सुनिन्छ । केहिले मारेकोमा विरोध आएको भन्ने गर्छन् । घोराही १० का सरसफाइ संयोजक शक्तिराम डागि, ६ का मिनराज गौतम लगाएत ठुलो पक्तिले जवाफ दिन आफु आउने घोराही नगरपालिकाका कार्यकारी प्रमुख तुफान सिं केसीलाई वचन दिएका छन् । अघिल्लो बर्ष भया¥याङ तथा टहरा हटाएर ईञ्जिनियर रामधन श्रेष्ठले ख्याति कमाए ।

यस पटक कुकर गाईब भएर वातावरण शाखा प्रमुख सुवोध रेग्मीलाई धन्यावाद दिनेहरु प्रशस्त छन् । सबैको आवाज छ सिंगै नगरपालिका भुस्या कुकुर मक्त बनाउनु पर्छ । यसलाई पनि खुशि मान्नुपर्छ । जागिरको अन्तिम क्षणमा रहेका कार्यकारी प्रमुख तुफान सिं केसी अव्यवस्थित घर टहरा र भुस्याहा कुकुर दबैलाई मिलाउदा आउने नाम हो । जो दशक अघि देखि थाति रहेको काम अघि बढेको छ । धेरै कार्यकारी अधिकृतले हिम्मत नगरेको काम यस पटकको टिमले अघि बढाएको छ । निर्वाचित मेयरको भुमिका कर्मचारीले देखाएकोमा कोटि कोटि साधुवाद ।