काठमाडौं, १९ असोज। अख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्बोच्च अदालतका कर्मचारी त्यसै फर्किएका छन् । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए ।
shambhu-khadka-sarbochha
उनलाई सुचित गर्न बुधबार सर्बोच्चका कर्मचारी कार्कीको बानेश्वरस्थित घरमा म्याद टाँस्न गएका थिए । तामिल्दार शम्भु खड्का नेतृत्वको टोली उत्प्रेषणयुक्त परमादेशको सूचना टाँस गर्न भन्दै बानेश्वरको रोहिणीमार्गस्थित कार्की निवासमा गएको थियो ।

गेट बाहिर निस्किएका एक युवकले आफूहरु भाडामा बस्ने तर घरधनी यहाँ नबस्ने भनेपछि सर्वोच्चको टोली घरधनी नबसेको घरमा सूचना टाँस्न नमिल्ने भन्दै फर्किएको हो ।
अनलाइन खबरबाट