काठमाडौं, १९ असोज । नेपाल दूरसञ्चार कम्पनी (टेलिकम) ले फोरजी सेवाको सञ्चालन अनुमति पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीले मागेको फोरजी सञ्चालन अनुमतिका सम्बन्धमा ‘रोलआउट प्लान’ बुझाउन पत्राचार गरेको छ ।
एक साताभित्र कम्पनीले ‘रोलआउट प्लान’ बुझाएपछि १८०० मेगाहर्ज ब्यान्डमा ‘टेक्नोलोजी न्युट्रल’ गरेर सेवा विस्तार गर्ने बाटो कम्पनीलाई खुलेको हो ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले १८०० मेगाहर्ज ब्यान्डमा एलटी फोरजी सेवा सञ्चालन सुविधाजनक नै हुने भएकाले दूरसञ्चार नीति ०७३ को संशोधनको दफा ५ बमोजिम कम्पनीलाई फोरजी सञ्चालनलाई अनुमति दिएको हो ।
