दाङ, १९ असोज । यसवर्ष दाङबाट दशैका लागि राजधानी सवा २२ लाख बराबरका खसी बोका पठाइएको छ । नेपाल खाद्य संस्थान अञ्चल कार्यालय तुलसीपुरले यसवर्ष दशैका लागि २२ लाख २६ हजार १ सय २१ रुपैयाँका खसी बोका राजधानी पठाएको हो ।
६ वर्षपछि मात्रै विभिन्न क्षेत्रबाट खसी बोका खरिद गरेर काठमाडौं पठाइएको खाद्य संस्थान अञ्चल कार्यालयका प्रमुख शेखर पौडेलले बताए । ‘लामो समयदेखि हामीले यहाँबाट खसी बोका पठाएका थियनौं’, उनले भने, ‘६ वर्षपछि मात्रै दशैका लागि खसी बोका राजधानी पठाएका हौं ।’
उनका अनुसार यस पालिको दशैका लागि मात्रै यहाँबाट २ सय खसी बोका पठाइएको हो । स्थानको निर्देशन अनुसार एक सय ८३ वटा खसी र १७ वटा बोका पठाइएको संस्थानले बताएको छ ।
