काठमाडौं, १८ असोज । विदेश गए दुई चार पैसा कमाइन्छ कि भनेर विदेश जानेहरु ठगिने क्रम मेनपावर कम्पनीका एजेन्ट भन्नेहरुबाटै शुरु हुथ्यो । उनीहरुले विदेश जाने लगानीको आधाार जसो लगानी एजेन्टहरुलाई नै खुओउनुपर्ने वाध्यता थियो । तर, अब मेनपावर कम्पनीहरुले एजेन्टहरु नै राख्न नपाउने भएपछि त्यसमा केही कमी आउछ कि भन्ने आशा पलाएको छ ।
वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवस्था गर्ने भएको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावरले एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको हो ।
श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी ठगीमा म्यानपावर एजेन्सीभन्दा एजेन्टको बदमासी बढी देखिएको भन्दै यस्तो व्यवस्था संशोधन गर्न लागेको हो ।
मन्त्रालयका सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा गठित ‘ऐन संशोधन सुझाव समिति’ले पछिल्लो समयमा म्यानपावर एजेन्सीभन्दा एजेन्टविरुद्ध ठगीको उजुरी बढी परेकाले एजेन्ट राख्न नपाइने व्यवस्था गरेको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङल गरेको अध्ययनमा पनि कामदारहरू तहतहका एजेन्टबाट ठगिने गरेको देखिएको छ। गुरुङको प्रतिवेदनले कामदारको म्यानपावर एजेन्सीसम्मको पहुँच स्थापित गर्नुपर्ने सुझाव छ ।