काठमाडौं १८ असोज । सेवा निवृत्त शिक्षकलाई परिचयपत्र वितरण शुरु भएको छ ।
विद्यालय शिक्षक किताबखानाले अहिले सम्म १हजार ७ सय ५५ शिक्षकलाई परिचय पत्र वितरण गरेको जनाएको छ ।
शिक्षक परिचय बनाएसंगै पहिचान नहुने र महत्वपूर्ण ठाउँहरुमा प्रवेश गर्दा समेत असहज हुने अवस्थाको अन्त्य हुने किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले दावी गर्नुभयो ।
परिचय पत्र वितरणको अहिले सम्मको कामले आफूहरुलाई हौसला दिएको र यसलाई थप विस्तार गरेर लैजाने योजना गरेको उहाँले जानकारी दिनुभयो ।
केही शिक्षकहरुले परिचय पत्रलाई आफूहरुको सेवा वापत राज्यले सम्झेको रुपमा ब्याख्या गरेको उहाँले बताउनुभयो । किताबखानाको १९ औँ स्थापना दिवसका अवसरमा गत चैत २६ गते देखि परिचयपत्र वितरण कार्य शुरु गरिएको थियो ।