सन २००९ मा लन्डनको sunderland university मा बि.ए. अध्ययनको लागी नेपाल बाट गएकी तनहु ब्यास नगरपालिका २ निवासी रुबिना खान हाल सकृय राजनिती गर्नी उदेश्य ले नेपाल फर्केकी छिन ।
उनि पुर्बप्रधानमन्त्री डा बाबुराम को पार्टीमा लाग्ने आफ्नो श्रीमानको सपना रहेकाले आफु नयाँ शक्तिमा प्रबेस गरेको बताएकी छिन । करिब ६ बर्ष लन्डनमा बसेर आफ्नो अध्यन सकेर नेपाल फर्केकी रुबिना एकल महिला र एक छोराकि आमा पनि हुन ।
लन्डनबाट सन २०१३ मा नेपाल घुम्नका लागि दम्पती नेपाल आएको बेलामा ट्राफिक चेकिङको बेलामा पछाडि बाट आएको मिनिबस ले ठक्कर दिदा उनि श्रीमान र छोरा स्वार उक्त मोटरसाइकमा सो ठक्कर बाट आफ्नो श्रीमान को गुमाएकी रुबिना लाइ अन्तत स्याङ्जा निवासी ससुरा सासुले मेरो छोरा खाइ भन्दै बुहारि र छोरा लाइ घरबाट निकाले पछि माइतिको श्रवणमा पुगेकी रुबिना हाल एक मन्तेस्वरी स्कुलमा प्राध्यापक छिन ।
सासु ससुराले पनि घर बाट निकाले पछि लन्डन छाडि माइत बसेकी रुबिना लाइ आफ्नो श्रीमान को नजरमा हकाधिकारको निमित्त लड्ने इमानदार र बिकास बादी नेताको रुपमा बाबुराम लाइ मानेका र लन्डन बाट नेपाल फर्किएसी बाबुराम को पार्टीमा लाग्ने भन्ने कुरा सुनाएको कारण र सोहि श्रीमान को सपना र आफुलाइ पनि बाबुराम मन पर्ने र एकल महिला लाइ समाजमा हेर्ने दृस्ठि बिरुद्ध राजनिती मा लाग्न लागेको र बाबुराम को अभियान लाइ पनि आफुले आफ्नो क्षेमता अनुसार सहयोग गर्नी भन्दै आफु राजनितीमा प्रबेस गरेको बताइन् ।
