नारायणपुर, १८  असोज । नेपालीहरुको महान् पर्व विजयादशमी तथा शुभ दिपावलीको अवसरमा नारायणपुरमा आयोजना गरिएको जिल्ला स्तरिय खुल्ला भलिबल प्रतियोगीता भोलीदेखी सुरु हुने भएको छ ।

bhalibalत्रिपुरमा क्रियाशील युवाहरुको सक्रीयता र न्यू स्टार स्पोर्ट क्लब नारायणपुरको आयोजनामा आज मंगलवारदेखी २० गतेसम्म हुने प्रतियोगीता हुने छ । ईप्रका नारायणपुरदेखी उत्तरतर्फ रहेको मैदानमा भलिवल प्रतियोगीता हुने छ ।

आज मंगलवार विहान साढे ८ बजे हुने प्रतियोगीता उद्घाटन कार्यक्रममा उपस्थितिकालागी प्रतियोगीताका प्रचारप्रसार संंयोजकमा आर.के.शीतलले सम्पूर्णमा अनुरोध गर्नुभएको छ ।

प्रतियोगीताको मुख्य प्रायोजकमा कोकाकोलाको डिलर के.एन सप्लायर्स रहेको छ । प्रतियोगीतामा प्रथम हुनेलाई ५० हजार नगद ट्रफि मेडल र प्रमाणपत्र, द्धतियलाई ३० हजार नगद ट्रफि मेडल र प्रमाणपत्र एवं तृतीय हुनेलाई १५ हजार नगद ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार रहेको प्रतियोगीताका संयोजक अनिल बस्नेतले जानकारी दिनुभयो ।