काठमाडौं । पेशागत महासंघ नेपालले आज राजधानीमा ध्ँत्ग् को ७१ औं एक्सन डे, वडा दशैं, शुभ दीपावली, नेपाल सम्बत् ११३७ तथा छठ पर्व २०७३ लगायत सम्पूर्ण पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो । शुभकामना आदानप्रदान कार्यक्रममा पेशागत महासंघका अध्यक्ष श्री विश्वनाथ प्याकुरेलको अध्यक्षता एवं नेकपा एमालेका सचिव एवं मोर्चा संगठनका प्रमुख क। गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । पेशागत भवन, लैनचौरमा आयोजित कार्यक्रममा WFTU का सदस्य रहेको नेपाल ट्रेड युनियनका प्रतिनिधि, पेशागत महासंघका पदाधिकारी तथा सदस्य एवं महासंघअन्तर्गत राष्ट्रिय घटकका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा पेशागत महासंघकी उपाध्यक्ष उदया शर्माले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपाल एमालेका सचिव मा। गोकर्ण विष्टले नेपाल सांस्कृतिकरुपमा विश्वकै धनी मुलुक हो, हामी नेपाली विविध संस्कृतिमा रमाउँदै एक भएर बसेको छौं । तर अहिले केही समयदेखि हाम्रो जातीय, संस्कृतिक, साम्प्रदायिक सद्भाव, जातीय सद्भावलाई कमजोर बनाएर नेपालको नीति निर्माण र प्रक्रियामा बाहिरबाट अतिक्रमण हुने खतरा उत्पन्न भएको छ यसलाई रोक्नुपर्दछ भन्नुभएको थियो । WFTU को ७१ औं एक्सन डे उपलक्ष्यमा उहाँले सम्पूर्ण ट्रेड युनियनकर्मीमा हार्दिक शुभकामना व्यक्ति गर्दै नेपालीहरुको महान पर्व विजया दशमी, दीपावली, छठ, लगायतको पर्व उपलक्ष्यमा सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा कार्यक्रमका अध्यक्ष एवं पेशागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेलले ध्ँत्ग् मा नेपालका ८ वटा ट्रेड युनियन महासंघ सदस्यको रुपमा क्रियाशील रहेको कुरा उल्लेख गर्दै ट्रेड युनियनको सर्वोच्च संस्था WFTU को १७ औं महासभा सम्मेलन दक्षिण अफ्रिकाको डर्वानमा संचालन हुँदैछ त्यसमा भाग लिनका नेपालका झण्डै ४० जना ट्रेड युनियनकर्मी त्यसतर्फ प्रस्थान गर्नुभएको जानकारी गराउनुभएको थियो ।
उहाँले नेपालको ट्रेड युनियन आन्दोलन गतिशील आन्दोलनरुपमा अगाडि बढिरहेको र संविधानमा श्रमिक आयोगका कुरालाई जोडदाररुपमा उठाउँदा पनि अझैपनि सो व्यवस्था हुन नसकिरहेको अवस्था औंल्याउनुभएको थियो । उहाँले WFTU को ७१ औं एक्सन डे, वडा दशैं, शुभ दीपावली, नेपाल सम्बत् ११३७ तथा छठ पर्व २०७३ लगायत सम्पूर्ण पर्वहरुको अवसरमा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सांसद् प्रभादेवी बज्राचार्य, राजधानी पेशागत जिल्ला कमिटिका अध्यक्ष प्रेम पराजुली, निजामती क्षेत्र आधिकारिक ट्रेड युनियनका का।वा। अध्यक्ष भोला पोखरेललगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा Nepal Trade Union Federation (NTUF) अध्यक्ष गंगाराम खड्गी, जनसांस्कृतिक महासंघका सचिव कृपामान धमलालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम संचालन महासंघका उपमहासचिव श्री किशोर नेपालीले संचालन गनुभएको थियो ।
