तुलसीपुर १६ असोज । दाङको पुरन्धारामा रहेको पुरन्धारा स्वास्थ्य चौकीमा आजदेखि प्रयोगशाला सेवा सुरु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीको सहयोगमा प्रयोगशाला सेवा सञ्चालन आएको हो ।
पुरन्धारा गाविसका गाविस सचिव यामबहादुर केसीको अध्यक्षता तथा जिल्ला जनस्वास्थ्य कार्यालय घोराहीका ल्याव टेक्नीसियन पर्शराम पोखरेलको प्रमुख आतिथ्यता एवं स्वाथ्य चौकी प्रमुख शरदराज गिरीको विशिष्ट आतिथ्यतामा प्रयोगशालाको सेवा सञ्चालन सुरु गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङले दुई लाख ७५ हजार बराबरका ल्यावका सामग्री सहयोग गरेको छ । प्रयोगशाला सेवा सञ्चालन कार्यक्रममा नेपाली काँग्रेस पुरन्धाराका उपसभापति पिमलाल केसी, राप्रपा नेपालका तुलबीर वली, राप्रपाका बालिराम वली, पुरन्धारा गाविसका पुर्व अध्यक्ष बलिभद्र वली, वडा नागरिक मञ्चका संयोजक खड्गबहादुर खत्रीलगातकाले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण कार्यालयकी अनमी सुदिष्ट श्रेष्ठले गर्नुभएको थियो ।
