तुलसीपुर । नेकपा एमालेको १२ औ अबिधेशनले अझै नयाँ कार्यसमिती चयन गर्न सकेको छैन् । एमाले भित्र २००८ साल देखीका नेता कार्यकर्ताहरुको ठुलो संख्यालाई रहेको र ती सबैको चित्त बुझाने गरी नेतृत्व चयन गर्नु पर्ने भएकाले ढिला भएको एमाले दाङले जानकारी दिएको छ ।
एमालेले सर्बसहमतीबाट नयाँ नेतृत्व चयन गर्ने र त्यसयता उत्पन्न भएका समस्या सामाधान गर्न खोज्दा समय लम्बिएको निर्बाचन संयोजक छबिलाल ओलीेले रेडियो पाठशालालाई जानकारी दिनुभयो । नेतृत्व चयनका लागि आफुहरु सहमति नजिक पुगेको उहाँले बताउनुभयो ।
अब छिटै एमालेले नयाँ नेतृत्व पाउने उहाँले जानकारी दिनुभयो । ओलीका अनुसार आज साँझ बार भोली नै सर्बसहमतीबाट नेतृत्व टुङ्ग्याईने छ ।
