काठमाडौं, १६ असोज । साझा यातायातले आजदेखि बाग्लुङ र गोरखामा चारवटा बस चलाउन सुरु गरेको छ ।

sajha_yatayatबिहान साझाको कार्यालय ललितपुरको पुल्चोकबाट गोगंबु नयाँ बसपार्क हुँदै बाग्लुङ र गोरखाका लागि बस छुटेको साझाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

साझाले १० वर्षपछि उपत्यका बाहिर गाडी चलाएको हो । शुक्रबारदेखि टिकट बुकिङ खुला गरेको साझाले आइतबारदेखि बस सञ्चालन गरेको हो ।