दाङ, १६ असोज । गङ्गा माध्यमिक विद्यालय रामपुर दाङमा बिजया दशमी तथा शुभ दिपावलीका अवसरमा शुभकामना आदानप्रदान र नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्ने बक्ताहरुले चाडपर्वलाई भडकिलो नभइ आफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका छन । उनीहरुलाई चाडपर्वलाई देखासिकीका रुपमा भड्किलो बनाएर मनाउदा त्यसले नकारात्मक सन्देश दिने भन्दै चाडवर्पलाई आफ्नो क्षमता अनुसार मनाउनुपर्नेमा जोड दिएका हुन ।

कक्षा ११ का छात्रा सुष्मा नेपालीको सभापतित्व एंव विद्यालयका प्राचार्य राजेन्द्रकुमार घिमिरेको प्रुमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्राचार्य भुवनकुमार आचार्य, शिक्षकहरु हेमराज शर्मा, सुनिल पोख्रेल, एम वि केसी,गोपाल पोख्रेल विद्यार्थीहरु प्रतिक्षा पाण्डेय, सन्तोष खनाल, प्रतिक्षा अधिकारी लगायतकाले विचार व्यक्त गरेको थिए ।

कक्षा ११ र १२ को आयोजनामा भएको नृत्य प्रतियोगितामा कक्षा ११ का छात्रा माला भण्डारी प्रथम, सोही कक्षाकै सुष्मा नेपाली द्धितिय, कक्षा १० का विद्या शर्माको समूह र कक्षा ११ का शिव सुनार तृतीय र गरिमा सुनारको समूह र राधिका नेपालीले सान्त्वना स्थान हासिल गरेको शिक्षक हेमराज शर्माले जानकारी दिए ।