लमजुङ, १५ असोज । लमजुङको दोर्दी खोला छेउमा उभिएर फोटो खिच्न खोज्दा ढुङ्गामा चिप्लिएर लडेका गोरखा मनकामनाका पवन श्रेष्ठलाई खोलाले बगाएको छ ।
पूर्वी लमजुङको ढोडेनी २ भएर बग्ने दोर्दी खोलाले बगाउँदा शुक्रबार बेलुका श्रेष्ठ बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी समिरचन्द्र खरेलका अनुसार दोर्दी खोलामा फोटो खिच्ने क्रममा ढुंगामा चिप्लिएर पवन बेपत्ता भएका हुन् ।
फुटबल खेल्नका लागि पवन गोर्खाबाट लमजुङ ढोडेनी गएका थिए । प्रहरीले टोली खटाएर बेपत्ता युवकको खोजी गरिरहेको छ ।