इन्द्रेणी संवाददाता
घोराही, १५ असोज । दाङको पहिलो क्रिकेट क्लब भ्याली जुनियर क्रीकेट क्लब पुनर्गठन गरिएको छ । क्लबको आज बसेको बैठकले सुदिप गौतमको अध्यक्षतामा क्लबको पुनर्गठन गरेको हो ।
जसको उपाध्यक्षमा दिपककुमार श्रेष्ठ, राजिव शिल्पकार, शरद गिरी, सचिव दिपेन शाही, कोषाध्यक्ष सुवर्ण बस्नेत र सहसचिवमा शर्मीला रोका रहेका छन् ।
यस्तै क्लबको सदस्यहरुमा मिनेश श्रेष्ठ, अमरकुमार राज भण्डारी, जितेन्द्रविक्रम शाह, देवेन्द्रसिंह ठकुरी, अनु केसी, समीर पुन, राजकुमार प्रधान, कृष्णदेव थापा, प्रेम डाँगी र भोजराज भण्डारी रहनुभएको छ । यस्तै क्लबको सल्लाहकारमा किशोरचन्द्र गौतम, विपुल पोख्रेल, सविन प्रीयासन, बसन्त डाँगी, रोशनमान श्रेष्ठ, राजेन्द्र श्रेष्ठ रहेका छन् ।
