काठमाडौं, १५ असोज । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सत्ता र कुर्सी टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले भारतसँग राष्ट्रघाती सम्झौता गरेको बताएका छन् ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला परिषद् भक्तपुरको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा बोल्दै डा। भट्टराईले प्रधानमन्त्रीले भारतसँग गरेको २५ बुँदे सम्झौता देशको हित विपरीत भएको बताए । ‘प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा २५ बुँदे सहमति गरी सार्वजनिक गर्दा मलाई रातभर निन्द्रा लागेन,ु उनले भने ।