काठमाडौं, १५ असोज । भारत र पाकिस्तानबीच झनझन तनाव वढ्दै गएको छ । त्यही तनावका कारण १९ औं सार्क सम्मेलन स्थगित भएको छ ।  तनाव बढ्दै गएपछि नोभेम्बरमा राजधानी इस्लामावादमा हुने भनिएको १९ औं सार्क सम्मेलन स्थगित भएको छ ।

sarce-624x380१९ औं सार्क सम्मेलनको नयाँ मिति चाँडै घोषणा गरिनेछु, पाकिस्तानी विदेश मन्त्रालयले शुक्रवार राति पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । सार्क सम्मेलन स्थगित हुनुको प्रमुख जिम्मेवार भारत रहेको पाकिस्ताने जनाएको छ ।

कश्मिरको उरीमा १८ सेप्टेम्बरमा आतंकवादी आक्रमणबाट १९ जना सैनिक मारिएपछि भारतले त्यसको दोष पाकिस्तानलाई दिँदै उसले आयोजना गर्ने १९ औं सार्क सम्मेलनमा सहभागी नहुने घोषणा गरेको थियो ।

१९ औं सार्क सम्मेलन ९ र १० नोभेम्बरमा पाकिस्तानको राजधानी इस्लामावादमा हुने कार्यक्रम थियो । पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तीमा भारततर्फ लक्षित गर्दै भनेको छ, ुजब कुनै मुलुक द्विपक्षीय समस्यालाई क्षेत्रीय सहयोग लेनदेन भइरहेको बहुपक्षीय फोरममाथि थोपर्छ भने त्यो सार्कको आचारसंहितको ठाडो उलंघन हो।