sanchar-mantralayaकाठमाडौँ, १४ असोज ।  सूचना तथा सञ्चार मन्त्रालयले मातहतका निकाय र विभागसँग कार्यको परिणाममुखी नतिजाका लागि कार्यसम्पादन सम्झौता गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस), गोरखापत्र संस्थान, सूचना विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, रेडियो प्रसार सेवा विकास समिति रेडियो नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समिति, मुद्रण विभाग, राष्ट्रिय चलचित्र विकास बोर्डसँग सो सम्झौता गरिएको हो ।

यसपछि नेपाल टेलिभिजन, नेपाल टेलिकम र हुलाक विभागसँग पनि छिट्टै कार्यसम्पादन सम्झौता गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालय मातहतका निकाय राष्ट्रिय सूचना आयोग र प्रेस काउन्सिल नेपाल भने कानुनद्वारा स्वायत्त भएकाले सो सम्झौता नगरिने भएको छ ।

सो अबसरमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकार कति दिनसम्म रहन्छ भन्ने भन्दा पनि आफ्नो प्रतिबद्धतामा इमान्दार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

आफूुले मातहतका निकायमा अपेक्षाकृत प्रगति नदेखेको गुनासो गर्दै उहाँले भन्नुभयो – “कर्मचारीतन्त्र आफँैले बनाएको कानुनी प्रणालीमा अल्झेको छ ।”