तुलसीपुर १४ असोज । नेकपा एमाले दाङको अध्यक्षका लागि टिकाराम खड्काको चर्चा चलेको छ । एमाले दाङका अधिकांस नेता तथा कार्यकर्ताहरुकोले खड्काको नेतृत्वमा नयाँ कार्यसमित चयन गर्ने सहमति जनाई सकेका छन् ।
तर केही सिमित कार्यकर्ताको असन्तुष्टिका बिच उक्त सहमतिलाई पारित गर्न नसकिएको एमाले दाङले जानकारी दिएको छ । एमाले दाङको १२ औ अबिधेशनको बन्दशत्रमा नयाँ नेतृत्वका लागि हिजो दिनभर सहमति नभएपछि आज नयाँ नेतृत्व चयनका लागि सहमति निकाल्ने र सहमति हुन नसके निर्बाचन प्रक्रियामा जान सकिने निर्बाचन संयोजक छबिलाल ओलीले जानकारी दिनुभयो ।
अहिले एमाले दाङको नयाँ कार्यसमितमा अध्यक्षमा खडकाको नाम चर्चामा छ भने उपाध्यक्षमा हुकुमबहादुर बस्नेत, सचिवमा हिराचन्द्र केसी, सह–सचिवमा सुरामणि वेलवासेको नाम चर्चामा आएको छ ।
एमालेका केही नेताहरुले सकेसम्म सर्बसहतिबाट एमाले दाङको नेतृत्व चयन गरिने बताएका छन् । साथै नेतृत्वको लागि सहमतिको नजिक पुगिसकेको उनीहरुले बताएका छन् । साथै जिल्ला र केन्द्रका नेताहरुले खड्काकै नेतृत्वमा लगभग सहमति कायम भइसकेको बताएका छन् । एमाले दाङमा अबको सक्षम नेतृत्वकर्ता खडका नै भएको अधिकांस एमाले कार्यकर्ताको भनाई छ ।
एमालेको चार वर्ष कार्यकालका लागि चार जना पदाधिकारी सहित कम्तिमा पनि ६७ सदस्य जिल्ला कमिटी चयन गर्न सक्ने प्रावधान छ । यस अघि देखि नै एमाले भित्रै बिवादित बन्दै आएको थियो ।
