गोविन्द खड्का
घोराही, १४ असोज । कुकुर र विरालोका लागि चलेको दुईदिने रेविज सुई कार्यक्रममा दुई विराला सहित १४९ लाई रेविज सुई् लगाईएको छ । पहिलो पटक देउखुरीका दुई विरालोलाई रेविज सुई दिएको जिल्ला पशु सेवा कार्यालय दाङका निमित्त प्रमुख डा रमेश प्रसाद नेपालीले जानकारी दिनुभयो ।
त्यसैगरी लमहिमा बिहिवार ३० कुकुरलाई रेविज सुई लगाईएको छ । घोराहीमा ८२ कुकुरलाई रेविज सुई दिएको छ । सार्वजनिक सुचना मार्फत जानकारी गराईए पनि अपेक्षा गरेजति कुकुर विरालालाई सुईदिन नसकिएको पशु सेवा कार्यालय दाङका निमित्त प्रमुख रमेश प्रसाद नेपालीले जानकारी दिनुभयो । सुचना अधिकारी समेत रहनुभएका नेपालीका अनुसार बुधवार घोराहीमा १९ र लमहिमा १८ कुकुरलाई रेविज सुई दिईएको थियो ।
निशुल्क रेविज विरुद्धको सुई विरालोलाई पनि लगाउने भनिएपनि घोराहीमा एउटै विरालो आएन । यस अघि पनि विरालोलाई सुई दिन कहिल्यै नल्याएको डा नेपालीले जानकारी दिनुभयो । बिरालोले भाडा एवं खानेकुरा चाट्छ । बच्चहरुलाईले माया गर्दा थुतुनो मुखमा लैजाने गर्छन् । सुन्दर विरालाहरुलाई बयस्क युवा युवतिहरुले पनि अनेकथरी माया देखाउछन् । जसका कारण ¥याल संग लसपस हुने खतरा हुन्छ । त्यसले गर्दा पनि विराला सुरक्षित हुनुपर्छ । दुध, घिउ लगाएतका खानेकुरा विरालोले चोरेर खान्छ यसरी नटोकेपनि लसपस हुन्छ । त्यसैले पनि विरालोलाई हरेक बर्ष रेविज सुई दिएर सुरक्षित राख्न जरुरी छ ।
‘जनचेतना जगाऔ“, खोप लगाऔ“, रेविज उन्मुलन गरौ“’ भन्ने मुल नाराका साथ दशौ विश्व रेविज दिवस शुरु गरीएको छ । त्यस अबसरमा दुईदिने निशुल्क रेविज खोप कार्यक्रम शुरु भएको हो । पहिलो दिन बुधवार एउटा पनि विरालो ल्याएनन् । त्यसले जनचेतनाको कमि भएको पशु चिकित्सकहरुले बताएका छन् । अरु बेला एकसय पचास बढि लाग्ने रेविज सुई कार्यक्रम अबधिमा निशुल्क दिने गरेको छ ।
जन्मेको तिन महिना पछिको कुकुरलाई रेविज सुई लगाउने गरीन्छ । एक पटक लगाएको रेविज सुईले गनेरै तिनसय ६५ दिन शुरक्षित राख्छ । त्यसपछि एकदिन ढिलो भएपनि काम गर्दैन । ६६ दिन पछि कुकुरले टोकेमा रेविज हुने खतरा हुन्छ । तर रेविज भैहाल्ने भन्ने होईन । बर्षदिन भन्दा अघि सुईलाउन पनि मिल्दैन । कार्यालय समय भित्र सेवा दिने गरी प्राविधिक गोविन्द नेपाली नेतृत्वको टोलि घोराहीमा खटिएको छ । भने लमहिमा पशु सेवा केन्द्र प्रमुख शसिधर शर्मा सहितको चिकित्सकको टोलि रविज सुईलगाउने कार्यक्रममा लागेको थियो ।
