बिमल गौतम
तुलसीपुर नगरपालिका वडा नम्वर ३ का महिलाहरुले अवैध मदिरा तथा जुवा तास नियण्त्रणका लागि छलफल शुरु गरेका छन । वडामा गठन भएको नागरिक सचेतना केन्द्रको पहलमा वडामा सो बारेमा  छलफल शुरु भएको हो । अवैध मदिरा उत्पादन तथा बिक्रि गर्ने गरेका कारण युवाहरु कुलतमा फस्ने र त्यसले घरमा समेत अशान्ति हुने हुदाँ नियण्त्रणका लागी छलफल शुरु गरिएको केन्द्रकी अध्यक्ष कृष्णा बिकले जानकारि दिनुभयो ।

14432939_1118012351569379_6897644756787527348_nसो अवसरमा बोल्दै बिकले यो अभियानमा सवैको सहयोगको अपेक्षा गरेको समेत बताउनु भयो । उहाँले अवैध मदिराका कारण आफुहरु हिंसामा पर्ने गरेको भन्दै सवै टोल बिकास संस्थाहरुले सहयोग गरे अभियान सफल हुने बताउनु भयो । केन्द्रका अध्यक्ष बिकको अध्यक्षता तथा वडा सचिव होम बहादुर वलिको प्रमुख आतिथ्यतामा भएको छलफल कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले केन्द्रले थालेको मदिरा तथा जुवा तास नियण्त्रण अभियान रोम्रो भएको भन्दै सहयोग गर्ने बताएका थिए ।

उनीहरुले मदिरा र जुवा तासका कारण स्वास्थ्य तथा धनको समेत क्षेति भै रहेको भन्दै सवै वडा वासीको सहयोगले मात्र अभियान सफल हुने बताएका थिए । छलफल कार्यक्रममा वडा नागरिक मञ्चका उपसंयोजक निमा रेग्मी , नेपाली काग्रेस वडा नम्वर ३ का सभापती प्रेम बहादुर केसी , नमुना हरियालि टोल बिकास संस्थाका अध्यक्ष बालाराम रेग्मी , गौरा देवि टोल बिकास संस्थाका अध्यक्ष बिष्णु प्रसाद पोख्रेल , चौतारि जलधारा टोलका अध्यक्ष बेदप्रसाद शर्मा , स्वास्थ्य स्वयंसेविका राधा देवि न्यौपाने , वडा दलित सञ्जालका कोषाध्यक्ष सरस्वति परियार लगाएतकाले आफनो भनाई राख्नु भएको थियो । छलफल बाट पहिलो चरणमा वडाका सवै टोलहरुमा घर दैलो गरेर सचेतना कार्यक्रम गर्ने र पुनह छलफल गरेर अगाडि वढने निर्णय भएको  छ । कार्यक्रमको संचालन सामाजिक परिचालक लिना शर्माले गर्नु भएको थियो ।