चितवन, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा रहेको भरतपूर अस्पतालको आकस्मिक निरीक्षण गर्नुभएको छ । बुधबार चितवन प्रस्थान गरेका प्रधानमन्त्री दाहालले आज बिहान अस्पतालको आकस्मिक निरीक्षण गरेका हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्रीले अस्पतालका बिरामीहरुको स्वास्थ्य स्थिति र अस्पतालको सेवा प्रवाहबारे जानकारी लिएका थिए । निरीक्षणपछि दाहालले अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए ।
‘सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको छ । सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको निर्णय यसैमा केन्द्रित छ’, निर्देशन दिदै दाहाललृ भने, ‘यस अस्पतालले पनि जनताको स्वास्थ्य संवेदनशीलतालाई ख्याल गरेर सेवा प्रवाह गर्न निर्देशित गर्दछु ।’
चितवन भ्रमणका क्रममा आज बिहान माओवादी केन्द्रका नेता रामबहादुर थापा बादलकी आमासँग पनि दाहालले भेट गरेका थिए ।
