विश्वका सयभन्दा बढी विमानस्थलमा विमान अवतरण गराएकी बेलायतकी केट म्याकविलियम्स जब यात्रुलाई आफ्नो उमेर सुनाउँछिन् तब सबै आश्चर्यमा पर्छन् । इजिजेट एयरलाइन्सकी क्याप्टेन केट जम्मा २६ वर्षकी भइन् । इजिजेटले अहिले केटलाई व्यावसायिक क्याप्टेनमा सबैभन्दा कान्छी भन्ने दाबी गरेको छ ।

pilot-595x330अर्को अचम्म के हो भने केटले विमान उडाउन सुरु गर्दा उनी १३ वर्षकी मात्र थिइन् । तर, आफू व्यावसायिक पाइलट बन्नेबारे उनले सोचेकी थिइनन् । समाचार एजेन्सी प्रेस एसोसिएसनलाई उनले भनेकी छिन्, ‘मैले व्यावसायिक पाइलट बन्छु भन्ने सोचेकी नै थिइनँ ।’ तर, साउथ याम्पटनमा विमान उडाउने तालिम लिएपछि उनले सन् २००१ को मेमा इजिजेटमा को–पाइलटका रूपमा जागिर सुरु गरिन् ।

उनले भनेकी छिन्, ‘मलाई उमेरले कुनै अर्थ राख्दैन । मैले त्यही तालिम र त्यही कोर्स पूरा गरेकी हुँ जुन अरू क्याप्टेनले गरे । बरु मैले आफूलाई यो उमेरमा प्रमाणित गरेँ । तर, के फरक हो भने मलाई प्रत्येकपटक मेरो उमेर सोधिन्छ । कहिलेकाही चालक दलका सदस्यबाहेक यात्रुहरूले पनि मेरो उमेर सोध्नुहुन्छ ।’