तुलसीपुरको बसपार्कको फोहर ब्यबस्थापन गर्न चुनौति देखिएको छ । तुलसीपुरमा जारी क्लीन तुलसीपुर ग्रीन तुलसीपुर अभियान अन्तरगत छैटौ हप्ताको अभियानका क्रममा बसपार्क क्षेत्रमा आज सरसफाई गरिएको थियो तर पुर्ण सरसफाई गर्न नसकिएको अभियानका संयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिनुभयो ।
त्यहाँका बासिन्दाले फोहर ब्यबस्थापनमा तदारु कता नदेखाउदा फोहर ब्यबस्थापन गर्न समस्या देखिएको रिजालले जानकारी दिनुभयो । नयां वस पार्क क्षेत्रमा निर्माण गरिएका अधिकांश घरहरुमा छत र बरण्डाको पानी सिधै वाटोमा निकालेको समेत पाइएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघ र तुलसीपुर नगरपालीकाको मुख्य आयोजना शुरु भएको क्लीन तुलसीपुर ग्रिन तुलसीपुर अभियानमा छैठौ हप्तामा प्रवेश गरीरहंदा तुलसीपुरको नयां वसपार्कमा देखिएको फोहोर व्यवस्थापनमा चुनौति देखिएको छ ।
तुलसीपुर उद्योग बाणिज्य संघ तथा तुलसीपुर नगरपाकिलाको आयोजना तथा तुलसीपुर क्षेत्रका दर्जनौ सामाजिक संघ संस्था , टोल बिकास संस्था , सुरक्षानिकाय लगायतको सक्रिय सहभागितामा अभियान जारी छ ।
अभियान टोलीले आज नयां वस पार्क क्षेत्रका घर धनि तथा भाडामा वस्नेहरुलाई आ आफ्नो घर, पसल अगाडिको फोहोर तत्काल व्यवस्थापन गर्न अनुरोध गरेको छ । अदि अटेरी गरेको पाइएमा नगरपालीकाले कारवाहीको प्रक्रिया अगाडी बढाउने तुलसीपुर नगरपालिकाका वरिष्ठ अधिकृत ललित वहादुर घर्तिले जानकारी दिनुभयो ।
त्यस्तै अभियानका संयोजक रिजालले वस पार्क क्षेत्रमा धेरै फोहोर संकलन भएको र सोही क्षेत्रमा सरसफाई अभियानको चेतना जगाउनु पर्ने अनिवार्यता रहेको बताउनुभयो । त्यस्तै नयां वस पार्क काउन्टर पछाडी रहेको सार्वजनिक शौचालयको ढल सडकमा निकालिएको भन्दै स्थानिय वासीले तुलसीपुर नगरपालीकाको ध्यानाकर्षण गराएका छन । उनीहरुले तत्काल सार्वजनिक शौचालयको ढल निकासीको व्यवस्थापन गरी दिन माग गरेको बताइएको छ ।
हरेक हप्ताको मंगलवार विहान ७:३० वजे देखि एक घण्टा सम्म संचालन हुने सरसफाई अभियान अन्तरगर्त मंगलवार छैठौ हप्ताको अभियान अन्तरगर्त तुलसीपुरको नयां वस पार्क क्षेत्रमा सरसफाई गरिएको थियो ।।
