घोराही, २५ बैशाख
प्रथम राष्ट्रिय पत्रकारीता दिवसको अबसरमा दाङमा पत्रकारीता र सूचनाको हक बिषयक अन्तरक्रिया कार्यक्रम भएको छ । शुक्रवार राष्ट्रिय पत्रकारीता दिवस आयोजक समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ दाङको संयोजनमा घोराहीमा पत्रकारीता र सूचनाको हकका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।13177767_865413763563637_2957242992217930851_n
दिवस आयोजक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको अध्यक्षता एवं प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अजयदिप शर्माको बिशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पत्रकारीता र सूचनाको हकका बारेमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार सूदर्शन रिजालले सूचना माग्ने भन्दा अब सरकारी कार्यालयहरु आफै दिने तर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । सूचना माग्नु नपर्ने र निश्चित समयमा दिनुपर्ने व्यवस्था कानुनमा उल्लेख भैसकेको भन्दै यसलाई सरल र व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।

दाङका सरकारी कार्यालयहरुमा अझै पनि सूचना सूचना अधिकारीबाट पाउन नसकिने अबस्था रहेको भन्दै अध्यावधिक गर्दै छिटो र सहजै दिने व्यवस्थाको आबस्यक रहेको उहाँको भनाई छ । कार्यक्रममा प्रमुख अतिथी प्रेस काउन्सील नेपालका पूर्ब अध्यक्ष नारायणप्रसाद शर्माले सूचना दिनुलाई कर्तव्यकारुपमा सरकारी निकायले बुझ्नु पर्ने बताउनुभयो ।

कर्मचारीले सूचना दिने मानसिकता बनाउनु पर्ने र सूचना माग गर्ने जो कोहीले माग्ने आँट गर्नुपर्ने बताउनुभयो । समय अनुसार सूचना प्रबाहलाई व्यवस्थित र परिमार्जित गर्नुपर्ने बेला आएको भन्दै जनता सँग सरोकार राख्ने सूचना प्रबाहमा सहज र पारदर्शि हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी काफ्लेले सूचना पाउन नागरिकको नैसर्गिक अधिकार भएको भन्दै त्यसमा सहजता ल्याउने र नियमित अपडेट गराउन आफुले पहल गर्ने बताउनुभयो । कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी शुसिल गौतमले नागरिकले सूचना पाउने अधिकारबाट बन्चित हुन नपर्ने अबस्था सृजना गर्न खुला र पारदर्शि सूचना प्रबाहको व्यवस्थाको आबस्यकतामा जोड दिनुभयो ।

सबै सूचनालाई गोपनियता सँग जोड्दा र मानसिकतालाई पनि शंकुचित गर्दा नागरिकहरुले सहि सूचना समयमै पाउन नसकेको बताउनुभयो । सूचना प्रबाहले मात्रै सेवा प्रबाहमा थप गुणस्थितरीयता ल्याउने उहाँको भनाई छ । कार्यक्रममा बोल्ने पत्रकारहरुले सरकारी कार्यालयका सूचना अधिकारीहरु सूचना बिहिन अबस्थामा हुने गरेको बताएका थिए ।।