काठमाडौँ, ११ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको एमालेको अभियान तराई केन्द्रित हुने बताउनुभएको छ ।
एमालेलाई तराई मधेस विरोधी पार्टीको आरोप लगाएर केही तत्वले षडयन्त्र गरिरहेको भन्दै उहाँले त्यसलाई चिर्न सिङ्गो पार्टी परिचालन हुने बताउनुभयो ।
एमाले प्रदेश नं। ३ सङ्गठन कमिटीको प्रथम बैठकको सोमबार यहाँ उद्घाटन गर्दै अध्यक्ष ओलीले एमाले तराई, मधेस, आदिवासी जनजाति विरोधी पार्टी नभई ती वर्गको हकहितका लागि सबैभन्दा बढी काम गरेको पार्टी भएको दाबी गर्नुभयो ।
“तराई मधेसमा एमालेजति कुनै पार्टीले काम गरेको छ भने देखाओस् म चुनौती दिन्छु”, उहाँले भन्नुभयो ।
