maubadiकाठमाडौँ,११ असोज ।  नेपाल कन्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी कात्तिक १० र ११ गते राष्ट्रिय भेला बोलाउने भएको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीलाई सुदृढ ढङ्गले अगाडि बढाउने आवश्यकता महसुस गर्दै केन्द्रले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

सोमबार बसेको माओवादी केन्द्र सचिवालय बैठकले यसअघि महाधिवेशन आयोजक समितिको सङ्ख्या घटाउने भने पनि कात्तिकमै सङ्गठनसम्बन्धी निर्णय गर्ने भएको छ । प्रवक्ता भुसालले अहिलेलाई साङ्गठनिक विषयलाई यथावत राख्दै सङ्ख्या घटाउने विषय भेलाले नै गर्ने जानकारी दिनुभयो ।

पार्टी एकतापछि नयाँ उत्साह देखिए केन्द्रीय समितिको संरचनालाई लिएर देखिएको विवादले गर्दा माओवादीभित्र अझै पनि योजना अनुसार काम हुन सकेको छैन ।

माओवादी केन्द्रनिकट जनवर्गीय सङ्गठनका एकता भेला तथा सम्मेलन भइरहेका छन् । प्रवक्ता भुसालले राष्ट्रिय भेलामा प्रस्तुत हुने एजेन्डाहरु सचिवालयले तय गर्ने जानकारी दिनुभयो । माओवादी केन्द्रमा दुई हजार पाँच सय जनाको आयोजक समिति बनाइएकोमा आलोचना हुँदै आएको छ ।