दाङ, २४ बैशाख ।
दाङको तुलसीपुरका चारवटा वडाहरुमा विपद व्यवस्थापन अन्तर्गत विभीन्न योजनाहरु निर्माण हुने भएका छन् । करिव ९ लाख लागतमा योजनाहरु निर्माण हुने नगरपालिकाले जनाएको छ । अपाङ्ग मानवअधिकार सरोकार मञ्चको चार लाख, तुलसीपुर नगरपालिकाको एक लाख र जनश्रमदानमा वाटोको नालानिर्माण, तटवन्द, वाटो ग्राभेललगायतका कामहरु यस आर्थिक वर्षमा सम्पन्न हुने मञ्चका कार्यक्रम संयोजक शिव घर्तीले बताउनुभयो ।
जस अन्र्तगत तुलसीपुरको वडा नम्बर २० को मोतिपुर देखि गुहेन्द्री हुदै बेलटाकुरासम्मको वाटो ग्राभेल, तुलसीपुर –११को दोल्ले खोला उकालोमा पक्कि नालानिर्माण, तुलसीपुर ८ को पातुखोला मैना गाउँ र तुलसीपुर –५को पातुखोलामा तटवन्द निर्माण हुने भएको छ ।
स्थानिय विपद् व्यवस्थापन समितिको आयोजनामा तुलसीपुरमा आज भएको अल्पकालिन योजना स्रोत नक्सांकन कार्यशाला गोष्ठिमा योजनाहरु छनोट गरि पारित गरीएको हो । नगरपालिकाका कार्यकारि अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको गोष्ठिमा बोल्ने वक्ताहरुले छनोट भएका योजनाहरु निर्माणका लागि सवैको सहयोग आवश्यक पर्ने बताएका थिए ।
उनीहरुले वजेटले मात्र योजनाहरु निर्माण हुन कठिन हुने भन्दै नगरपालिकालाई थप सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले नगरपालिकाले आवश्यकता हेरी पछि थप सहयोग गर्ने बताउनु भएको थियो ।
कार्यक्रममा विभीन्न राजनितिकदल, पत्रकार सम्वन्धीत टोलविकाश संस्थाका पदाधीकारीहरुले आफ्नो भनाई राखेका थिए । अपाङ्ग मानवअधिकार सरोकार मञ्चका कार्यक्रम संयोजक विवेक घिमीरेले बिषय प्रबेश गराउनु भएकोे सहजीकरण नगरपालिकाका सुचना प्रमुख झरेन्द्र खरेलले गर्नुभएको थियो ।।