रेखा मगर
दाङ, २४ बैशाख
अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले महिला जनजागरण अभियान अन्तर्गत पुरन्धारा, बाघमारे र पञ्चकुलेमा गाविसस्तरीय महिला कमिटी गठन गरेको छ । पुरन्धारा गाविसमा हालै सम्पन्न गाविस्तरइ महिलाहरुको भेलाले देउकुमारी विकको अध्यक्षतामा २१ सदस्यीय गाविस स्तरीय कमिटी गठन गरेको छ ।
जस्को उपाध्यक्षमा आशा चौधरी, सचिवमा तुलसी डाँगी, सहसचिवमा चन्द्रा विक र कोषाध्यक्षमा भिमी खत्री रहनुभएको छ । यसैगरी, वाघमारे गाविसमा लक्ष्मी डाँगीको अध्यक्षतामा ११ सदस्यीय गाविस्तरी महिला कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा मनिषा वली, सचिवमा सपना वली र कोषध्यक्षमा प्रेमकुमारी वली रहनुभएको छ ।
यस्तै पञ्चकुले गाविसमा सुनिता वस्नेतको संयोजकत्वमा ९ सदस्यीय महिला कमिटी गठन गरिएको अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङका अध्यक्ष जानकी दहितले जानकारी दिनुभयो । संघले तुलसीपुर, रामपुर लगाएत अन्य गाविसमा पनि महिला कमिटी गठन गरेको उहाँले जानकारी दिनुभयो ।।
