काठमाडोैं, १० असोज । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पटक पटक अनसन बसेका त्रिवि शिक्षण अस्पतालका प्रा।डा। गोविन्द केसीले नवौंपटक अनसन सुरु गरेका छन् ।

26092016035714govinda-kc-1000x0सरकारलाई दिएको अल्टिमेटममा पनि माग पूरा नभएको भन्दै केसीले सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा पत्रकार सम्मेलन गर्दै अनसनको घोषणा गरेका हुन् । डा. केसीले दिउँसो ४ बजेदेखि अनसन सुरु गरेका हुन् ।

केसीले कार्यान्वयन हुन बाँकी तीनवटा मागमासमेत स्मरण गराउँदै चार बुँदे माग अघि सारेका छन् ।