काठमाडौं, १० असोज । भारतको महाराष्ट्र राज्य अन्तरगतको पुणे जिल्ला स्थित एक स्टील उद्योगमा एकजना नेपाली कामदारको शंकास्पद मृत्यु भएको छ । सप्तरी जिल्लाको हनुमाननगर योगनीमाई नगरपालिका २ का ५० वर्षीय शिवु भनिने शिवलाल सुतिहार शर्माको शंकास्पद मृत्यु भएको हो ।

26092016064023sibu-1000x0शर्मा २० वर्षदेखि महाराष्ट्रको पुणे जिल्लास्थित मधुवन ट्रेड स्टील्स प्रालिमा बेल्डिङ मेसिन र कटर मेसिन चलाउने गरेको उनका भाइ हेमनारायण सुतिहारले बताए ।

पछिल्लो पटक २ वर्ष अघि शिबु घर आएर फेरि काममा गएका थिए । हेमनारायणका अनुसार गत बुधबार साँझ उक्त कम्पनीमै काम गर्ने सप्तरीको सोनराका ओमप्रकास यादवले शिवुको घरमा फोन गरी उनको स्वास्थ्य खराब भएकाले परिवारका मानिसलाई आउन भनेका थिए ।