लमजुङ, १० असोज । उत्तरी लमजुङको भुलभुले गाविसमा निर्माण सम्पन्न ५० मेगावाट क्षमताको माथिललो मस्र्याङ्दी ए जविद्युत आयोजनाले आज सोमवारबाट व्यावसायिक  उत्पदान गरेको छ । आयोजनको उद्घाटन उर्जा मन्त्री जनार्दन शर्माले काठमाडौंबाट निर्देशन दिएपछि लमजुङका सांसद् डा. भीष्म अधिकारीले गरेका हुन् ।

7d5d3d6d2bcf711465312013190c07ca५० मेगावाट क्षमताको यो आयोजनाबाट प्रसारण लाइनको अभावमा २५ मेगावाटमात्रै उत्पादन गरिएको हो । चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो र नेपालको चितवन कोई समूहको संयुक्त लगानीमा निर्माण भएको यो आयोजनाबाट निर्धारित तीन वर्षभित्रै निर्माण पुरा भएर विद्युत् उत्पादन शुरु भएको हो ।

१६ अर्ब रुपैयाँको लागतमा यो आयोजना निर्धारित तीन वर्षमै पुरा भएर विद्युत् उत्पादन सुरु भएको हो । यो आयोजनाबाट उत्पादित अरु २५ मेगावाट पनि ट्रान्समिसन लाइन बनेपछि आगामी डिसेम्बरबाट राष्ट्रिय प्रसारणमा जोडिनेछ । भुलभुले मध्यमर्स्याड्दी १३२ केभी प्रासरण लाइनमार्फत ६९ मेगावाट क्षमाको तल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको छ ।