बाँके, १० असोज । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुुर देउवाले एकलौटी पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । आफूले सबैलाई समेटेर पार्टी सञ्चालन गर्न पटक पटक आग्रह गर्दा पनि देउवाले आफ्नो सुझावको बेवास्ता गर्दै एकलौटी गर्न खोजेको पौडेलले बताए ।
कैलाश मानसरोवर जानका लागि नेपालगन्ज पुगेका कांग्रेस वरिष्ठ नेता पौडेलले आज बिहान स्थानीय कार्यकर्ताहरुसँग कुरा गर्दै धेरै दिनसम्म यस्तै भएमा आफुहरु चुुप लागेर नबस्ने चेतावनी दिए ।
सरकार र पार्टी दुबै ठाउँमा सबैलाई समेटेर अगाडी बढ्नुपर्नेमा वर्तमान कांग्रेस नेतृत्वले त्यसो गर्न नसकेको पौडेलको टिप्पनी थियो ।
