विराटनगर, १० असोज । खोलाले बगाउदा मोरङमा एक र धनकुटामा एक गरी दुई जनाको ज्यान गएको छ । मोरङको मधुमल्ला–३ तोरीबारीस्थित मावाखोलाले बगाएर ल्याएको एकजना पुरुषको शव फेला परेको हो ।

floodअन्दाजी ४५ वर्ष उमेरको जस्तो देखिने ती पुरुषको परिचय खुलेको छैन । त्यस्तै धनकुटाको ज्यामीरे खोलाले बगाएर स्कुल हिँडेका एक बालकको ज्यान गएको छ । चुङबाङ–२ का रमेश योञ्जनका ७ वर्षका छोरा दिपेन योञ्जनको खोलाले बगाउँदा ज्यान गएको हो ।